
India’s Prime Minister Narendra Modi addresses the nation from the ramparts of the Red Fort during the celebrations to mark country’s Independence Day in New Delhi on August 15, 2025. (Photo by Money SHARMA / AFP)
नयाँदिल्ली, ३० साउन । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारतलाई ऊर्जा स्वतन्त्र र आफ्नै शक्तिशाली रक्षा प्रणालीको विकासका साथ आत्मनिर्भर बनाउने प्रतिज्ञा गर्दै देशको हितलाई ‘पर्खालझैँ’ जोगाउने घोषणा गरेका छन्।
वार्षिक स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले भने, “आत्मनिर्भरता विकसित भारतको आधार हो । अरूमाथि अत्यधिक निर्भरता भए स्वतन्त्रताको अर्थ रहँदैन ।” भारत अहिले अमेरिकाबाट थप आयात करको दबाबमा छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई रुसी तेल खरिद रोक्न अल्टिमेटम दिँदै अन्यथा अगस्ट २७ देखि भारतमा लागू २५ प्रतिशत आयात भन्सार शुल्क ५० प्रतिशत पुर्याइने चेतावनी दिएका छन् । भारतले युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई समर्थन गर्न ‘तयार रहेको’ बताएको छ र शुक्रबार अलास्कामा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने शिखर सम्मेलनलाई समर्थन गरेको छ ।
मोदीले भने, “हामी हाम्रो ऊर्जा आवश्यकताका लागि धेरै देशमा निर्भर छौँ । तर साँचो अर्थमा आत्मनिर्भर बन्न हामीले ऊर्जा स्वतन्त्रता हासिल गर्नैपर्छ ।”








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




