सोनापुर मिनरल्सको बिक्री आम्दानी बढेर साढे २ अर्ब पुग्याे

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८२ मा प्रकाशित



काठमाडौं, ३१ साउन । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडकाे बिक्री आम्दानी बढेर साढे २ अर्ब पुगेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षकोभन्दा बढेको हाे ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६१ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। जाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा १ अर्ब बढी रहेकाे छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीकाे बिक्री आम्दानी १ अर्ब ६३ करोड थियो।

कम्पनीकाे बिक्री आम्दानी बढेपछि कम्पनी नाफामा सघाउ पुगेको हाे। अघिल्लो आर्थिक वर्षमा ४७ करोड १० लाख नोक्सानी रहेकाेमा गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले साढे ६१ लाख नाफा गरेकाे छ।

कम्पनीको कुल नाफा ८ करोड ६२ लाख रुपैयाँबाट बढेर ७० करोड ६ लाख भएकाे छ भने सञ्चालन मुनाफा ४३ करोड ७० लाख धनात्मक भएको छ।

प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेकाेर्मा २० पैसा धनात्मक भएको छ। प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ४९ पैसा रहेको छ। कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड ५० लाख रहेको छ । जगेडा कोषमा १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ रहेकाे छ