
काठमाडौं, २ भदाै। एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने अवधि थपिएकाे छ।
अब लगानीकर्ताले उक्त योजनाको इकाई खरिद गर्नका लागि भदौ १२ गतेसम्म आवेदन दिन पाउने छन्। क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएकाे हाे । जसकाे प्रतिइकाई अंकित दर १० रुपैयाँ रहेकाे छ ।
क्यापिटलले १० करोड इकाईमध्ये बीज पूँजीबापट कुल निष्काशन गरिने इकाईको १५ करोड बराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरेकाे छ । यसबाट बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणका लागि बिक्री खुला गरेकाे हाे ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने याेजनाका लागि घटीमा १०० इकाईका लागि आवेदन दिन पाइनेछ । बढीमा १ करोड इकाईका लागि आवेदन दिन पाइने क्यापिटलले जनाएकाे छ।
एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा रहेकाे एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने याे योजना एउटा खुलामुखि योजना हो।
योजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




