लाभांश अनुमाेदन गर्न हाथवे इन्भेष्टमेन्टले डाक्याे एजिएम

-



     सफल आवाज    
     भाद्र ४ गते २०८२ मा प्रकाशित



काठमाडौं, ४ साउन । हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांशकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे।

कम्पनीकाे १७ औँ वार्षिक साधारण सभा यही भदौ २५ गते आम्रपाली ब्याङ्क्वेट, काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ ।

सभाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने ४ जना सञ्चालक चयन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिकाे अनुमोदन लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि भदौ १३ गते बुकक्लोज गरिने भएको छ। शेयरधनीहरुले भदौ १२ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन्