फगानिस्तानमा बस दुर्घटनामा मृतकको संख्या ७६ पुग्यो

-



     सफल आवाज    
     भाद्र ४ गते २०८२ मा प्रकाशित



गुजारा, अफगानिस्तान, ४ भदौ । इरानबाट स्वदेश फर्कँदै गरेका अफगानी नागरिकहरू सवार बस र दुई अन्य सवारी साधनबीच पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७६ पुगेको एक प्रान्तीय अधिकारीले बुधबार जानकारी दिए।

हेरात प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद युसुफ सईदीले एक वक्तव्यमा भने, “यो दुखद घटनामा ७६ जना नागरिकहरूले ज्यान गुमाए, साथै तीन जना गम्भीर घाइते भए।” सेनाको विज्ञप्तिअनुसार, मृतकहरूलाई सैन्य अस्पतालमा सारिएको छ, जसमा एक दर्जनभन्दा बढी बालबालिका समेत रहेका छन् ।

अल–फारुक सेनाको अस्पतालका प्रमुख चिकित्सक मोहम्मद जानान मुकद्दसका अनुसार, धेरै शवहरू यति धेरै जलेका थिए कि पहिचान गर्न गाह्रो भएको थियो । मंगलबार राति हेरात शहर नजिकको गुजारा जिल्लामा दुर्घटना भएको हो । प्रहरीका अनुसार, बस इन्धन बोकेको ट्रकसँग ठोक्किँदा आगलागी भएको थियो ।

दुर्घटनापछि केही घण्टासम्म सडकमा बसको जलिसकेको ढाँचा देखिएको समाचार संस्था एएफपीका एक पत्रकारले बताए।