प्रभु सेलेक्ट र प्रभु स्मार्ट फण्डको बुकक्लोज मिति तय

-



     सफल आवाज    
     भाद्र ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ भदाै । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले बुक क्लाेजकाे मिति तय गरेका छन् । दुबैले लाभांस वितरणकाे प्रयोजनका लागि बुकक्लोजकाे मिति तय गरेका हुन्।

दुई फण्डहरुकाे यही भदौ १५ गते बुकक्लोज हुनेछ । यसमा भदौ १२ गतेसम्म नेप्सेमा शेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरुले मात्रै दुबै फण्डहरुकाे वितरण गरिने लाभांस पाउन याेग्य हुनेछन् ।

प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत तथा प्रभु स्मार्ट फण्डले १० प्रतिशतकेा दरले लाभांश वितरण गर्नेछन्। गएकाे साउन ३० गते बसेको योजना व्यवस्थापकहरुको बैठकले साे लाभांश वितरण गर्ने निर्णय गरेको थियाे ।