बन्दीपुर केवलकारकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र १५ गते २०८२ मा प्रकाशित



काठमाडौं, १५ भदाै । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गते आजदेखि सर्वसाधारणका लागि खुलाएकाे आईपीओमा आवेदन दिन आज अन्तिम दिन बाँकी रहेकाे छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि शेयर खुलाएर बाँडफाँट गरिसकेकाे छ ।

कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएको थियो। यसबाट ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि थियाे । साथै ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि थियाे ।

कम्पनीका अनुसार १ लाख ५८ हजार ८२० कित्ता शेयर कर्मचारीहरुका लागि बाँडपाँट भइसकेकाे छ । २ लाख ६४ हजार ७०० कित्ता शेयर भने सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएकाे छ।

यस चरणमा कम्पनीले सर्वसाधारणका लागि ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गरेकाे हाे । यसकाे प्रतिकित्ता दर रुपैयाँ १ सय रहेकाे छ ।

लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । शेयरमा भदौ १५ गते आजसम्म आवेदन दिन सकिनेछ । पूरा आवेदन नपरेकाे खण्डमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ ।

सर्वसाधारण लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाउनेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।