हकप्रद निष्काशनकाे प्रस्ताव पारित गर्न अप्पर स्याङ्गे हाइड्रोले डाक्याे एजिएम

-



     सफल आवाज    
     भाद्र १६ गते २०८२ मा प्रकाशित



काठमाडौं, १६ भदाै । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असोज ९ गते साधारण सभा डाकेकाे छ । कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव अनुमाेदन गर्नका लागि साधारण सभा डाकेकाे हाे ।

कम्पनीकाे नवौँ साधारण सभा कुण्डलिनी दरबार बैंङ्गक्वेट, चप्पल कारखाना चोक, काठमाडौँमा बिहान १० बजे डाकिएकाे छ।

सभाबाट हाल कायम रहेकाे चुक्ता पूँजीको १ बराबर १ काे रेसियाेमा हकप्रद निष्काशनकाे प्रस्ताव अनुमाेदन गरिनेछ । सभाले हकप्रद शेयर निष्काशनबाट प्राप्त भएकाे रकमलाई सदुपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गरिनेछ ।

यस्तै, कम्पनी गाभ्ने, संस्थापक शेयरधनीहरुबाट ४ जना सञ्चालकहरुको चयन लगायतका प्रस्तावहरुलाई अनुमाेदन गरिने भएकाे छ ।

कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि भदौ २३ गते बुकक्लोज गर्ने भएको छ। यसका लागि भदौ २२ गतेसम्म नेप्सेमा कारोबार गरेर कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनेछन्।