
काठमाडौं, १७ भदाै । सागर डिष्टिलरी लिमिटेडले यही भदौ २५ गतेदेखि शेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेकाे छ ।
कम्पनीका अनुसार जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति लिइएकाे थियो।
यसबाट १० प्रतिशतले हुने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकिएकाे छ।
७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएकाे छ । ४३ हजार ५६० कित्ता शेयर कर्मचारीहरुका लागि रहेकाे छ।
यस चरणमा कम्पनीले सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको शेयर जारि गर्ने भएकाे हाे । यसकाे प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेकाे ११ लाख ९० हजार ६४० कित्ता शेयर खुलाइने भएकाे हाे ।
लगानीकर्ताले यसमा भदौ २९ गतेसम्म आवेदन दिन पाइनेछ। ताेकिएकाे अवधिमा पूरा आवेदन नपरेमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




