अमेरिकी अदालतद्वारा ट्रम्पलाई निर्वासनका लागि युद्धकालीन कानून प्रयोगमा रोक

-



     सफल आवाज    
     भाद्र १८ गते २०८२ मा प्रकाशित



वासिङ्टन, १८ भदौ । अमेरिकी सङ्घीय अपिल अदालतले मङ्गलबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भेनेजुएलाका कथित गिरोह सदस्यहरूलाई निर्वासन गर्न युद्धकालीन कानून प्रयोग गर्ने कदमलाई अस्वीकार गर्दै केही दक्षिणी राज्यहरूमा यसको प्रयोगलाई रोक लगाउने निर्णय सुनाएको छ ।

ट्रम्पले गत मार्च १५ मा पहिलोपटक १७९८ को एलियन एनिमीज एक्ट (एइए) लागू गरेका थिए। सो कानूनअन्तर्गत उनले ट्रेन डे अरागुआ गिरोहका कथित सदस्यहरूलाई दुई विमानमार्फत एल साल्भाडोरको कुख्यात अधिकतम सुरक्षा कारागार सिइसिओटीमा पठाएका थिए।

यो शताब्दीयौँ पुरानो ऐन दोस्रो विश्वयुद्धको समयमा जापानी–अमेरिकी नागरिकहरूलाई हिरासतमा राख्न प्रयोग गरिएको थियो । त्यसयता यसलाई प्रयोग गरिएको थिएन, तर अहिले यसलाई लक्षित गर्दै कानूनी चुनौतीहरूको शृङ्खला सुरु भएको छ ।