
काठमाडौं, १९ भदाै । नबिल म्युचुअल फण्डका नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ काे प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।
यी दुबै फण्डहरुकाे १३–१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिएकाे हाे । भदौ १२ गते बिहिबार बसेको दबै फण्डहरुको योजना व्यवस्थापक रहेकाे नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैठकले प्रतिफल वितरणकाे प्रयोजनका लागि भदौ २२ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यसका लागि इकाईधनीहरुले भदौ १९ गते आज सम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरुले यी दुबै फण्डहरुको प्रतिफल पाउनेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




