बुङ्गल हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र १९ गते २०८२ मा प्रकाशित



काठमाडौं, १९ भदाै । बुङ्गल हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले दौ १६ गतेदेखि २९ करोड ५ लाख रुपैयाँ बराबरको शेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर खुलाएर बाँडफाँट पनि भइसकेकाे छ ।

कम्पनीका अनुसार जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशतले हुने २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशनकाे अनुमति लिइएकाे थियो।

यसमा ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि हाे । २ लाख ७ हजार ५०० कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बाँडफाँट भइसकेकाे छ। १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरुका लागि रहेकाे छ।

यस चरणमा सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरिएकाे हो। यसकाे प्रतिकित्ता अंकित मूल्य १०० रहेकाे छ ।

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। लगानीका लागि भदौ १९ गतेसम्मकाे अवधि ताेकिएकाे छ । पूरा आवेदन नपरेमा भदौ ३० गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताहरुले सेबाेनबाट स्वीकृति पाएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर अनलाइनबाट पनि न दिन आवेदन दिन सकिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।