ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी द्रुत निर्णयका लागि सर्वोच्च अदालतमा याचिका दायर

-



     सफल आवाज    
     भाद्र १९ गते २०८२ मा प्रकाशित



वासिङ्टन, १९ भदौ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार अमेरिकी सर्वोच्च अदालतसमक्ष विश्वव्यापी बजारमा प्रभाव पर्ने भन्सार शुल्कको संरक्षण सुनिश्चित गर्न द्रुत निर्णय लिन आग्रह गरेको छ । प्रशासनले तल्लो अदालतको फैसलाले पहिले नै व्यापार वार्तामा नकारात्मक प्रभाव पारेको दाबी गरेको छ ।

महान्यायाधिवक्ता जोन सोअरले अदालतमा भन्नुभयो, “राष्ट्रपतिको भन्सार शुल्कको पूर्ण कानूनी स्थिति छिटो पुष्टि गर्नु अत्यन्त महत्त्वपूर्ण छ । यस मुद्दाको समाधान सकेसम्म द्रुत गर्न आवश्यक छ ।” यो याचिका अमेरिकी अपील अदालत (फेडरल सर्किट) को ७–४ फैसलापछि दायर गरिएको हो ।

अपील अदालतले ट्रम्पले आपत्कालीन आर्थिक शक्तिको दुरुपयोग गर्दै व्यापक भन्सार शुल्कहरू लगाउने क्रममा आफ्नो अधिकार पार गर्नुभएको पत्ता लगाएको थियो । यद्यपि, न्यायाधीशहरूले अक्टोबर मध्यसम्म लेभीहरू लागू गर्न अनुमति दिएका छन्, जसले ट्रम्पलाई सर्वोच्च अदालतमा मुद्दा लड्न समय दिएको छ ।

राष्ट्रपतिमा फर्किएपछि ट्रम्पले युरोपेली सङ्घ (इयु), जापान र अन्य दर्जनौँ अर्थतन्त्रका लागि १० प्रतिशत आधारभूत दर र उच्च दरसहित लगभग सबै अमेरिकी व्यापारिक साझेदारहरूमाथि ‘पारस्परिक’ भन्सार शुल्क लगाएका थिए।