
काठमाडौं, २० भदाै । माछापुच्छ्रे बैंकले असोज १० गते साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे ।
बैंकले २७ औँ वार्षिक साधारण सभा असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा बाेलाएकाे छ । सभा बिहान ११ बजेबाट शुरु हुने जनाइएकाे छ।
सभाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमाेदन गरिनेछ । सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिले गरेको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु अनुमाेदन गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २७ गते बुकक्लोज गर्नेछ। भदौ २६ गतेसम्म नेप्सेमा कारोबार गरेका यम भएका शेयरधनीहरुले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




