पिपुल्स पावरको लिलामी शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र २२ गते २०८२ मा प्रकाशित



काठमाडौं, २२ भदाै । पिपुल्स पावर लिमिटेडले भदौ १५ गतेदेखि लिलाम बिक्रीमा ल्याएको वितरण नगरिएकाे हकप्रद शेयरमा गर्नका लागि बोलपत्र दिने आज अन्तिम दिन बाँकी रहेको छ।

कम्पनीले गएकाे असार २२ गतेदेखि साउन २६ गतेसम्म हकप्रद शेयरमा आवेदन मागेकाे थियाे । साे समयमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बिक्रीमा राखिएकाे हो। जाे ३ लाख ९१ हजार ७७९ कित्ता रहेकाे छ ।

लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँ वा त्याेभन्दा माथिकाे राखेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। यसका लागि घटीमा १०० कित्ता र बढी संख्याको लागि कुनै सर्त ताेकिएकाे छैन।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, प्रभु बैंकका विराटनगर, वीरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।