सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     असाेज ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ असाेज । सागर डिष्टिलरीले भदौ ३० गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेर बाँडफाँड गरेपछि यस चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाएकाे हाे ।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएको थियो। यसमा १० प्रतिशतले हुने १ लाख ४५ हजार २०० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बाँडफाँड भइसकेकाे छ।

कम्पनीले ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि रहेको छ।

याे चरणमा कम्पनीले सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेकाे हो।

शेयरमा आजसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा असोज १३ गतेसम्म आवेदन दिन पाउनेछन्। शेयरमा घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।