सानिमा बैंकद्वारा लाभांश घोषणा

-



     सफल आवाज    
     असाेज ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ असाेज । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले शेयरधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट ७.३६८५ प्रतिशत लाभांश घोषणा गरेको हाे ।

बैंककाे हाल कायम रहेकाे चुक्ता पूँजीकाे ७.३६८५ प्रतिशतका दरले हुने १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने भएकाे हाे ।

बैंकको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। घाेषित लाभांश वितरणकाे प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंककाे आगामी साधारण सभाबाट अनुमाेदन भएपछि वितरण गरिने भएकाे छ।