लोकतन्त्रका लागि १६० माइल पदयात्रा वासिङ्टनमा सम्पन्न

-



     सफल आवाज    
     असाेज ५ गते २०८२ मा प्रकाशित



वासिङ्टन, ५ असोज । करिब दुई सय जनाले १४ दिनको अवधिमा फिलाडेल्फियाबाट सुरु गरेको लोकतन्त्रको समर्थनमा गरिएको एक सय ६० माइल लामो पदयात्रा शुक्रबार वासिङ्टन डिसीमा सम्पन्न भएको छ ।

बालबालिकादेखि वृद्धसम्म सहभागी ‘वि आर अमेरिका’ का सदस्यहरू राजधानीमा आइपुग्दा समर्थक र काङ्ग्रेस सदस्यहरूले आलिङ्गन र जयजयकारसहित स्वागत गरे । उनीहरू थकित भए पनि उत्साहित देखिन्थे ।

पदयात्राको उद्देश्य सरकारी निकायहरूमा हुने सामूहिक गोलीबारी, डिस्ट्रिक्ट अफ कोलम्बियाको कानून प्रवर्तनमाथि सङ्घीय नियन्त्रण र ट्रम्प प्रशासनसहित नेताहरूका विवादास्पद गतिविधिबारे जवाफदेही बनाउन सशक्त आन्दोलन निर्माण गर्नु थियो ।

फिलाडेल्फियाबाट सुरु भएको यात्रा नेवार्क, विल्मिङ्टन र बाल्टिमोर हुँदै वासिङ्टन पुगेको हो । बाटोमा सहभागीहरूलाई चर्च र स्थानीय घरहरूमा बस्ने व्यवस्था मिलाइएको थियो । एक रात भने सहभागीहरू बाहिरै शिविर लगाएर बास बसेका थिए ।