
काठमाडौं, ६ असोज । सञ्चालनमा आए लगत्तै मुस्ताङस्थित कोरला नाका अत्यधिक व्यस्त बनेकाे छ। नाका सञ्चालनमा आएको पहिलो ५ दिनमै २ सय ९ वटा विद्युतीय गाडी नेपाल भित्रिसकेका छन्।
रसुवा र तातोपानी नाका बन्द भएपछि वैकल्पिक रूपमा खुलेको कोरला नाकाबाट विद्युतीय गाडी मात्र नभई १०७ वटा मालवाहक ढुवानी साधनमार्फत विभिन्न वस्तुहरू समेत नेपाल भित्रिएकाे बताइएकाे छ।
अर्थ मन्त्रालयका अनुसार असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट ती सबै सवारी र सामानको भन्सार जाँचपास गरिएको छ । यसबाट सरकारको खातामा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ। कोरला नाका सञ्चालनमा आएसँगै भन्सार प्रक्रियालाई डिजिटल रूपमा सहज बनाउन प्रणाली पनि लागू गरिएको छ।
नेपाल राष्ट्र बैंकले पनि भदौ ३१ गते परिपत्र जारी गर्दै मुस्ताङ भन्सार कार्यालयलाई चिनियाँ भूभागमार्फत प्रतितपत्र प्रणालीबाट आयात गर्न अनुमति दिएको थियाे ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




