सेयर लगानीकर्ताले बुझाए गभर्नरलाई ६ बुँदे ध्यानाकर्षण पत्र

-



     सफल आवाज    
     असाेज ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ असाेज । शेयर बजारका लगानीकर्ताहरुले ६ बुँदे माग राखेर नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई ध्यानाकर्षण पत्र दिएका छन् । 

लगानीकर्ताले जेनजीकाे आन्दोलन हुँदा बन्द गरिएको शेयर बजार राम्राे तयारी नगरी खोलिएकाे र यसबाट धेरै गिरावट भएकाे बताएका छन् । बिहीबार १० दिनपछि बजार खुल्दा नेप्सेमा तीनपटक नकारात्मक सर्किट लागेकाे थियाे । नेप्सेमा ६ प्रतिशत गिरावट भएकाे थियो । 

शेयर लगानीकर्ता छोटेलाल रौनियारसहित, लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष ताराप्रसाद फूलेल, नेपाल पूँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लीश्वर कार्की (रोहन)ले आइतबार गभर्नरसंग भेट गरेर साे ६ बुँदे ध्यानाकर्षण पत्र सुझाव दिएका हुन् । 

शेयर लगानीकर्ताका मागहरु

१, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिने

२, व्यक्तिगत सेयर धितो कर्जाको सीमा पूर्ण रुपमा हटाउनुपर्ने

३, लघुवित्तले २५ प्रतिशतभन्दा बढी नाफा वितरण गर्न नपाउने नियम खारेज गर्नुपर्ने 

४, बैंक तथा वित्तीय संस्थाको पुँजी बजारमा लगानी गर्ने सीमा बैंक तथा वित्तीय संस्था ऐन २०७३ ले गरेको व्यवस्था लागु गर्नुपर्ने 

५, बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई प्रवाह गर्ने कर्जा पुँजी बजारसँग तुलना गर्दा निकै पुरानो भएकोले समयसापेक्ष गर्नुपर्ने

६, गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउनुपर्ने