मञ्जुश्री फाइनान्सद्वारा लाभांश घोषणा

-



     सफल आवाज    
     असाेज ८ गते २०८२ मा प्रकाशित



काठमाडौं, ८ असाेज । मञ्जुश्री फाइनान्सले लाभांश वितरण गर्ने घोषणा गरेकाे छ । फाइनान्सले शेयरधनीलाई गत वर्षको मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे हाे । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट साे लाभांश वितरण गर्ने जनाइएकाे छ।

फाइनान्सद्वारा प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछी र कम्पनीको आगामी साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिने भएकाे छ ।