
Businessman presses button ipo Initial Public Offering diagram online network
काठमाडौं, १२ असाेज । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले असोज २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर जारी सकेकाे छ ।
कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि जारी भएकाे थियाे । ३ लाख ९ हजार ९३८ कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड भइसिकेकाे छ ।
कम्पनीले १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि तथा १ लाख २३ हजार ९७५ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिसकेको छ।
यस दोस्रो चरणमा सर्वसाधारणका लागि २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर खुलाइने भएकाे हाे ।
लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। शेयरमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ । साे अवधिमा पूरा आवेदन नपरेमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




