एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज २१ गते २०८२ मा प्रकाशित



काठमाडौं, २१ असाेज । एसवाई प्यानल नेपालकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ खुलाएकाे थियाे ।

कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गरेकाे हाे । जसबाट २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको २ लाख ६१ हजार ६२९ कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानियका लागि हाे ।

शेयरमा चितवन रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन्। यसमा घटीमा १० तथा बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

स्थानियले एसवाई प्यानल नेपाल, रत्ननगर, चितवन, प्रभु क्यापिटल, कमलादी र क्यापिटलकाे अनलाइन लिंकबाट आवेदन दिन पाउनेछन्। साथै प्रभु बैंकको सौराहा र टाँडीका शाखाहरुबाट आवेदन दिन पाइनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।