गरिमा विकास बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     असाेज २८ गते २०८२ मा प्रकाशित



काठमाडौं, २८ असाेज । गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको सञ्चित रहेकाे नाफाबाट शेयरधनीहरुका लागि साे लाभांश घोषणा गरेको हाे ।

बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको जनाएकाे छ । यसमा ६ प्रतिशत बोनस शेयर रहेको छ । त्यसमा कर प्रयाेजनका लागि ४.५३ प्रतिशत नगद लाभांश रहेको छ।

बैंकको सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले शेयरधनीहरुका लागि साे लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंककाे आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि घाेषित लाभांश वितरण गरिने भएकाे छ।