लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्याे एजिएम

-



     सफल आवाज    
     कार्तिक २ गते २०८२ मा प्रकाशित



काठमाडौं २ कार्तिक । सिद्धार्थ बैंकले शेयरधनीहरुका लागि वितरण गरिने लाभांश अनुमाेदनका लागि साधारण सभा डाकेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

बैंककाे २४ औं साधारण सभा कात्तिक ३० गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ ।

सभामा ५ प्रतिशतकाे दरले बोनस शेयर तथा कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालककाे नियुक्तिअधिक खर्चकाे अनुमोदन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु गरिने भएकाे छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनकाे लागि कात्तिक १७ गते बुकक्लोज गरिने भएको छ। शेयरधनीहरुले लाभांश पाउन र सभामा भाग लिनका लागि कात्तिक १६ गतेसम्म नेप्सेमा शेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ ।