
काठमाडौं, १२ कात्तिक । खानी खोला हाइड्रोपावरले आजदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दैछ। कम्पनीले भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ बराबर १ काे रेसियाेमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागिएकाे हो।
सर्वसाधारण समूहको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागिएकाे हाे । यसका लागि कात्तिक १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएकाे छ।
प्रतिकित्ता शेयरको मूल्य १०० रुपैयाँ रहेकाे छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले घटीमा १०० कित्ताका लागि आवेदन दिन पाउनेछन् । बढीमा कुनै हद तोकिएको छैन।
शेयर खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकका, सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठीमी, इटहरी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




