यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     कार्तिक १३ गते २०८२ मा प्रकाशित



काठमाडौं १३ कात्तिक । आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ। ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे हो।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने जनाएका छन् । ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुकक्लोज गर्ने बताएकाे छ।

शेयरधनीहरुले साधारण सभामा भाग लिनका लागि र वितरण गरिने लाभांश पाउन याेग्य हुनका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्ने छ ।

गुराँस लघुवित्त

गुराँस लघुवित्तले दशौँ वार्षिक साधारण सभा कात्तिक २३ गते हिले कान्जिरोवा मकालु होटल, धनकुटामा बिहान ९ बजे बाेलाएकाे छ।

सभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमाेदन गर्नेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, ४ जना सञ्चालक चयन गर्ने, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु अनुमाेदन गरिनेछ ।

मुक्तिनाथ कृषि कम्पनी

मुक्तिनाथ कृषि कम्पनीकाे सातौँ वार्षिक साधारण सभा कात्तिक २१ गते पूसिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा पूर्वान्ह ११ बजे डाकिएकाे छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र ६० प्रतिशत हकप्रद शेयर निष्काशनकाे प्रस्ताव पारित गर्नेछ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले १९ औँ वार्षिक साधारण सभा कात्तिक २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे बेालाएकाे छ।

सभाबाट ८ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।