
पाेखरा, २० कात्तिक। पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त बित्तिय संस्थाकाे मुनाफा १९.६३ प्रतिशतले बढेकाे छ। लघुवित्तले प्रकाशित गरेकाे चालु आर्थिक वर्ष २०८२ – २०८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा नाफामा १९.६३ प्रतिशतले बृद्दि भएर २ करोड ३ लाख खुद नाफा कमाउन सफल भएकाे हाे। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ७० लाख मात्र खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३१.२३ प्रतिशतले बढेर १० करोड ८७ लाख पुगेको छ। संस्थाकाे कुल संचालन आम्दानी २ करोड १९ लाख रहेको छ भने संचालन मुनाफा १९.४५ प्रतिशतले बढेर २ करोड ९० लाख पुगेको छ।
प्रति शेयर नेटवर्थ १९१.५१ रुपैयाँ रहेको छ। खराब कर्जा भने केही बढेकाे छ । ४० करोड ७६ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३७ करोड ७० लाख रुपैयाँ रहेको छ।
लघुबित्तकाे वितरणयोग्य मुनाफा ८४.२३ प्रतिशतले बढेर ९६ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा संस्थाकाे प्रति शेयर आम्दानी १९.६९ रुपैयाँ रहेको छ ।
वित्तीय संस्थाले हाल ४८ जिल्लामा १०५ शाखा कार्यालय मार्फत ८८०२३ विपन्न घरपरिवारलाई लघुवित्त कार्यक्रममा सहभागी गराई २९३९५ सदस्यहरुलाई कर्जा सेवा उपलव्ध गराइरहेको छ।
संस्थाले ५ वर्षे व्यावसायिक कार्ययोजनाको अतिरिक्त वार्षिक नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयनमा समेत ल्याएको छ भने नयाँ लगानीका क्षेत्रहरुको पहिचान गरी गुणस्तरीय एवम् भरपर्दो वित्तीय सेवा संचालन गर्दै जाने वित्तीय संस्थाकाे योजना रहेको बताइएकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




