
काठमाडौं, २३ कात्तिक । एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीका अनुसार जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशतले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति लिइएकाे थियो।
यसअघि पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि जारी गरिएकाे थियाे ।
यस्तै ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिएकाे थियाे । कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरिएकाे छ।
यस दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरिएकाे छ ।
लगानीकर्ताहरुले घटीमा १० कित्ता तथा बढीमा ५० हजार कित्ताका लागि कात्तिक २३ गतेसम्म आवेदन दिन सक्नेछन् । साे अवधिमा पूरा आवेदन नपरेमा ढिलोमा मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




