विन्ध्यबासिनी हाइड्रोको विद्युत बिक्री आम्दानी बढ्यो

-



     सफल आवाज    
     कार्तिक २४ गते २०८२ मा प्रकाशित



काठमाडौं, २४ कात्तिक । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी बढेको देखिएकाे छ।

चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ६४ लाख रुपैयाँ कमाएकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १०.४९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा कम्पनीले १५ करोड ६ लाख रुपैयाँ कमाएकाे थियो।

विद्युत बिक्री आम्दानीसँगै खुद नाफा पनि बढेको छ। कम्पनीको खुद नाफा ३६.३७ प्रतिशतदे बढेर ८ करोड ७१ लाख रुपैयाँ कायम भएकाे छ। वित्तीय खर्च ५.९५ प्रतिशत घटेर ३ करोड २२ लाख रुपैयाँ रहेकाे छ।

प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५१ पैसा बढेर ३० रुपैयाँ ८७ पैसा भएकाे छ। प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ८८ पैसा रहेको छ । मूल्य आम्दानी रेसयाे १७.६८ गुणा रहेको छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको र अन्य इक्विटी १९ करोड ७ लाख रुपैयाँ रहेको छ।