
काठमाडौं, २५ कात्तिक । राधी विद्युत कम्पनीकाे प्रतिशेयर आम्दानी बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी बढेर ६० रुपैयाँ ५८ पैसा पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिकोभन्दा प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ६२ पैसा बढेको छ। कम्पनीको नाफामा बृद्धि भएपछि प्रतिशेयर आम्दानी बढ्नमा सघाउ पुगेकाे हाे ।
कम्पनीको खुद नाफा ८११.६३ प्रतिशतले बढेको छ। खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा याे ३ करोड ५ लाख रुपैयाँ रहेको थियाे ।
विद्युत बिक्री आम्दानी ४.४६ प्रतिशतले बढ्दा ४ करोड ६ लाख रुपैयाँ भएकाे छ। असोजसम्ममा ३५ करोड ७० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ भने सञ्चालन मुनाफा १ हजार ३९६.०८ प्रतिशत बढेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे १०.४३ गुणामा झरेको छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ९७ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




