
पोखरा, २८ कार्तिक । पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा खेल सप्ताह अन्तरगर्त रहेर बिभिन्न खेलकुदका कार्यक्रमहरुको शुक्रबार पोखरा रङगशालमा समापन गरिएको छ ।
कार्तिक २६ गतेबाट शुरु भएको वार्षिक खेल सप्ताह ‘२०८२’ अन्तर्गत तिन दिने खेल सप्ताह कार्यक्रमको समापन गरिएको बिद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।
खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गरेका थिए । खेलहरु अन्तरर्गत छात्र, छात्रा भलिबल, बाष्केटबल, हेन्डबल, दौड, छेलो र तेक्वान्दो लगाएतका खेलहरु समावेश गरिएको अतिरिक्त क्रियाकलाप निर्देशक तेज गुरुङले बताए ।
समापन कार्यक्रममा बोल्दै गुरुङले खेलकुदको महत्व माथि प्रकास पार्दै खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अन्नपूर्ण अग्रपंक्ति रहेको उल्लेख गरे ।
बिद्यालयका प्राचार्य श्रेष्ठले खेलकुदले विद्यार्थीहरूको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने र आगामी दिनमा पनि खेलकुदलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा प्रशासनिक प्रमुख चित्र गुरुङ, प्रोमोटर झम गुरुङ,एकेडेमिक हेड महादेव भण्डारी, ईसए कोर्डिनेटर उमेश खनाल,स्र्पोट्स संयोजक एन्जल शेरपुर्जा लगाएत बिद्यार्थीहरुको सहभागिता रहेको थिएको । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ यो गण्डकी प्रदेशकै निजि स्तरबाट सञ्चालित पहिलो बिद्यालय हो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




