
तेहरान, ३० कात्तिक । रूसका उद्योग तथा व्यापार उपमन्त्री जेन्नादी अब्रामेन्कोभका अनुसार, रूसमा निर्मित तीनवटा ‘इल–११४–३००’ विमानहरू सन् २०२६ मा क्षेत्रीय उडानका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
‘इल–११४–३००’ रूस निर्मित एक क्षेत्रीय टर्बोप्रप एयरलाइनर हो, जसलाई मुख्य रूपमा छोटो र मध्यम दूरीका उडानका लागि डिजाइन गरिएको छ ।
उपमन्त्री अब्रामेन्कोभले यी विमानहरू विशेष गरी रूसको टाढा पूर्वी क्षेत्र, साइबेरिया र उत्तरी क्षेत्रमा सञ्चालन हुने बताउनुभएको छ, जहाँ विमानस्थलको पूर्वाधार सीमित छ र मौसमको अवस्था चुनौतीपूर्ण हुन सक्छ । उहाँले थप्नुभयो,“विमान सञ्चालनका लागि वित्तीय मोडेल विकास गर्न विमान सेवा तथा लिजिङ कम्पनीहरूसँग सहकार्य गरिरहेको छ ।”
इल–११४–३०० विमान इल–११४ टर्बोप्रप एयरलाइनरको आधुनिकीकरण गरिएको संस्करण हो । यसले पुराना अन–२४ विमान र विदेशी क्षेत्रीय जेटहरूलाई प्रतिस्थापन गर्ने उद्देश्य राख्दछ । छोटो र अस्फ्टिक रनवेबाट पनि सञ्चालन गर्न सकिने यी विमानहरू टाढा र आर्कटिक क्षेत्रका चुनौतीपूर्ण वातावरणमा उपयुक्त मानिन्छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




