लाभांश अनुमाेदन गर्न साहस उर्जाले डाक्याे एजिएम

-



     सफल आवाज    
     मंसिर १ गते २०८२ मा प्रकाशित



काठमाडौं, १ मंसिर । साहस उर्जाले लाभांश पारित गर्न साधारण सभा डाकेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि घाेषणा गरेकाे लाभांश पारित गर्न सभा बोलाएको हाे ।

कम्पनीका अनुसार बाह्रौँ वार्षिक साधारण सभा मंसिर २४ गते कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे बाेलाइएकाे छ।

सभाबाट २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । यस्तै गत आर्थिक वर्षको साधारण सभाबाट पारित भएकाे शतप्रतिशत हकप्रद शेयरलाई संशोधन गरीने भएकाे छ ।

बोनस शेयर वितरणपछि हाल कायम रहेकाे चुक्ता पूँजीको १ बराबर १ काे रेसियाेमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ।

लाभांश वितरण प्रयोजनका लागि मंसिर ५ गते बुकक्लोज गरिनेछ। साधारण सभामा सहभागि हुन र लाभांश पाउनका लागि याेग्य हुन शेयरधनीहरुले मंसिर ४ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।