यसकारण पिपुल्स पावरको नाफा घट्यो

-



     सफल आवाज    
     मंसिर २ गते २०८२ मा प्रकाशित



काठमाडौं, २  मङ्सिर । पिपुल्स पावर लिमिटेडकाे नाफा घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेकाे हाे ।

चालु आर्थिक वर्षको असोजसम्ममा कम्पनीले १ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको पाइएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा २६.७२ प्रतिशतले थाेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ७२ लाख रुपैयाँ नाफा गरेकाे थियो।

कम्पनीको विद्युत बिक्री आम्दानीमा सामान्य बृद्धि भए पनि खर्च बढेकाेले नाफामा कमि भएकाे हाे ।

विद्युत बिक्री आम्दानी ५.३३ प्रतिशतले बढेकाे छ । यस्तै कुल नाफा ७.८४ प्रतिशतले बढेको छ। प्रशासनिक खर्च ३०९.३२ प्रतिशतले बढेको छ। वित्तीय खर्चतर्फ ६२.०१ प्रतिशत घटेको देखिएकाे छ।