
गाजा, ३ मङ्सिर । इजरायली कब्जा बलहरूले बुधबार हेब्रोन गवर्नरेटका विभिन्न क्षेत्रहरुमा आक्रमणसहित छापा मारी, दर्जनौं प्यालेस्टिनीहरूलाई हिरासतमा लिनुका साथै बेत उमर सहरमा कडा घेराबन्दी गरेका छन् ।
प्यालेस्टिनी समाचार एजेन्सी ९डब्लु ए एफ ए० ले हेब्रोन सहरको वाडी अल–हरियामा कब्जा गरेको सेनाले आक्रमण गरेको तथा शहीद इमरान अल–अतरासको घरमा छापा मारी घरका सामग्रीहरू पूर्ण रूपमा नष्ट गरेको रिपोर्ट गरेको छ । उनीहरूले अबु कटिलामा पनि आक्रमण गरी घरहरूमा छापा मारी बासिन्दाहरूलाई हिरासतमा लिएको जनाइएको छ ।
यसै गरी हेब्रोनको पश्चिममा रहेको देइर सामेत सहरमा, कब्जा गर्ने सेनाहरूले सहरमा आक्रमण गरी धेरै युवाहरूलाई हिरासतमा लिनुका साथै एउटा घर कब्जा गरेर सैन्य ब्यारेक र सोधपुछ केन्द्रमा परिणत गरेको जनाइएको छ ।
कब्जा बलहरूले बेत उमरमा सैन्य घेराबन्दी लगाइ त्यहाँ जाने सबै सडकहरू बन्द गर्नुका साथै बासिन्दाहरूलाई वरिपरि घुम्न र सहर छोड्नबाट रोक लगाई दर्जनौं प्यालेस्टिनीहरूलाई सोधपुछ गर्दै नियन्त्रणमा लिएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




