यी दुई कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     मंसिर ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ मंसिर । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन गरिएकाे छ। शुक्यबार सोल्टी होटल तथा साहस उर्जाको शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे ।

दुबै कम्सापनीले धारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछी नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरेकाे हाे ।

सोल्टी होटलको १५ प्रतिशत तथा साहस उर्जाको २१ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । समायोजनपछि सोल्टी हाेटलकाे शेयरमूल्य ४७४ रुपेयाँ ८७ पैसा कायम भएको छ । साहस उर्जाकाे शेयरमूल्य ५५५ रुपैयाँ ३७ पैसा कायम गरिएकाे छ।

नयाँ कायम गरिएकाे मूल्य अघिल्लो दिन भएकाे कारोबारको अन्तिम मूल्यकाे आधारमा समायोजन गरिएकाे हो। बिहीबार सोल्टीको शेयर प्रतिकित्ता ५४६ रुपैयाँ र साहस उर्जाकाे शेयर प्रतिकित्ता ६७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

अब आइतबार नेप्सेमा समायाेजित मूल्यकाे आधारमा दोस्रो बजारमा दुबै कम्पनीहरुको शेयर कारोबार हुनेछ ।

सोल्टी होटलले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १६.५७८९ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि मंसिर २८ गते ५१ औँ साधारण सभा बाेलाएकाे छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट शुरु हुनेछ।

साहस उर्जाकाे बाह्रौँ वार्षिक साधारण सभा मंसिर २४ गते कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे बाेलाइएकाे छ । सभाले २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ।