
काठमाडौं, ५ मङ्सिर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि साधारण सभा डाकेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको प्रस्ताव पारित गर्न सभा बाेलाएकाे हाे ।
बैंककाे सत्रौँ वार्षिक साधारण सभा मंसिर २६ गते होटल सेफ्रन सि.के.प्रा.लि., बुटवल, रुपन्देहीमा दिउँसाे साढे १२ बजे बाेलाइएकाे छ।
सभाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित अनुमाेदन गरिनेछ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनका लागि कार्य गर्ने जिम्मेवारी सचालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ।
साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बैंकले मंसिर १२ गते बुकक्लोज गर्ने बताएकाे छ। साधारण सभामा सहभागि हुन र लाभांश पाउन याेग्य हुनका लागि शेयरधनीहरुले मंसिर ११ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




