लाभांश पारित गर्न आइसिएफसि फाइनान्सले डाक्याे एजिएम

-



     सफल आवाज    
     मंसिर ८ गते २०८२ मा प्रकाशित



काठमाडौं, ८ मङ्सिर। आइसिएफसि फाइनान्सले लाभांश वितरणकाे प्रु्ताव अनुमाेदन गर्नका लागि साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश अनुमाेदन गर्न सभा बाेलाएकाे हाे।

फाइनान्सकाे २२ औँ वार्षिक साधारण सभा मंसिर २९ गते, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ।

सभाबाट १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित अनुमाेदन हुनेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशेधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंसिर १९ गते बुकक्लोज गरिनेछ । शेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउनका लागि मंसिर १७ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।