यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर १० गते २०८२ मा प्रकाशित



काठमाडौं, १० मंसिर । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि दुबै कम्पनीहरुले बिहिबार मंसिर ११ गते बुकक्लोज गर्ने बताएका छन्।

सभामा सहभागि हुन र लाभांश पाउन याेग्य हुनका लागि शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकाे १३ औँ साधारण सभा पुस ४ गते आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे बाेलाइएकाे छ ।

सभाले ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ । बोनस शेयर वितरणपछि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि अनुमाेदन गरिनेछ ।

शिवम् सिमेन्ट्स

शिवम् सिमेन्ट्सले २.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि मंसिर २५ गते दशौँ साधारण सभा बाेलाएकाे छ । सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान साढे १० बजे बाेलाइएकाे छ।