सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर १० गते २०८२ मा प्रकाशित



काठमाडौं, १० मङ्सिर । सोलु हाइड्रोपावरले बिक्रीमा ल्याएकाे शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर ७ गतेदेखि शेयर निष्काशन गरेकाे हाे ।

कम्पनीले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशनकाे अनुमति लिएकाे थियो। यसबाट १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिएकाे हो। 

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सक्छनेछन्। कम्पनीले ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसकाे लागत १६ अर्ब ३० करोड ४० लाख रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट स्वीकृति लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।