प्रि ओपन सेसन-नेप्सेमा साढे ५ अंककाे बृद्धि

-



     सफल आवाज    
     मंसिर १० गते २०८२ मा प्रकाशित



काठमाडौं १० मंसिर । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार आज प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले बढेकाे छ।

हिजाे मंगलबार ५.३२ अंक बढेर २६५५.९९ विन्दुमा बजार बन्द भएकोमा यसदिनकाे सेसनमा ५.७१ अंकले बढेर २६६१.७० विन्दुमा पुगेको हाे । सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ।

प्रि ओपनमा ६६ कम्पनीहरुकाे १३० पटकको कारोबार भएकाे छ । यसबाट १६ लाख ३२ हजार ९३९ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ७६८ कित्ता शेयर किनबेच भएकाे छ । उनीहरुमा ३४ वटाको भाउ बढेको छ । २६ वटाकाे भाउ घटेको छ। बाँकी रहेका ६ वटा कम्पनीहरुकाे भाउ स्थिर देखिएकाे छ।