
काठमाडौं, ११ मंसिर । लगानीकर्ताहरुकाे लागि विभिन्न ६ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन बाँकी रहेको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम बाँकी रहेकाे हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि शाइन रेसुङ्गा, सर्वोत्तम सिमेन्ट र निफ्राले शुक्रबार मंसिर १२ गते बुकक्लोज गर्ने भएका छन् । कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले मंसिर १४ गते बुकक्लोज गर्ने भएका छन्।
शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य हुनका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरेर कायम भएकाे हुनुपर्नेछ ।
शाइन रेसुङ्गा
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मंसिर २६ गते होटल सेफ्रन सि.के.प्रा.लि., बुटवलमा सत्रौँ वार्षिक साधारण सभा बाेलाएकाे छ। सभा दिउँसाे साढे १२ बजे बाेलाइएकाे छ।
सभामा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनका लागि कार्य गर्ने तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने र लेखापरीक्षक नियुक्त लगायतका प्रस्तावहरु अनुमाेदन गरिनेछ ।
सर्वोत्तम सिमेन्ट
सर्वोत्तम सिमेन्टले मंसिर २६ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सिद्धार्थ भिलासा, भैरहवामा बिहान ११ बजे बाेलाइएकाे छ।
सभामा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर २३ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा बिहान ९ बजे बाेलाइएकाे छ।
सभामा ६.३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनसहित वितरण गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, २ जना सञ्चालकको चयन गर्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले उन्नाइसौँ वार्षिक साधारण सभा मंसिर २९ गते केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे बाेलाएकाे छ।
सभामा ३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति लगायतका प्रस्तावहरु पनि पारित गरिनेछ ।
बरुण हाइड्रोपावर
बरुण हाइड्रोपावरले २२ औँ वार्षिक साधारण सभा मंसिर २६ गते, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान साढे ९ बजे बाेलाएकाे छ।
सभामा ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । प्रबन्धपत्र र नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।
ङादी ग्रुप पावर
ङादी ग्रुप पावरले बाह्रौँ वार्षिक साधारण सभा मंसिर २५ गते, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान साढे ९ बजे बाेलाइएकाे छ।
सभामा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने, सञ्चालकहरुको नियुक्ति गर्ने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




