
काठमाडौं, १२ मंसिर । शुक्रबार नेप्सेमा ५ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। शेयरमूल्य समायोजन भएका कम्पनीहरुमा कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी ग्रुप पावर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् ।
यसलिन कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत समायाेजन भएकाे छ । ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको नेप्सेले जनाएकाे छ ।
कम्पनीहरुकाे साधारण सभा तथा लाभांश वितरण प्रयोजनकाे लागि बुकक्लोज भएकाे मितिको अघिल्लो कारोबार दिन सकिएपछि शेयरमूल्य समायोजन गररे नयाँ मूल्य कायम गरिएकाे हाे ।
शेयरमूल्य समायोजनपछि कृषि विकास बैंकको ३१८ रुपैयाँ ५५ पैसा, बरुण हाइड्रोपावरको ३३७ रुपैयाँ ८५ पैसा, सर्वोत्तम सिमेन्टको ८७० रुपैयाँ ३८ पैसा, ङादी ग्रुप पावरको ३७९ रुपैयाँ ५७ पैसा र शाइन रेसुङ्गाको ४११ रुपैयाँ ६५ पैसा कायम भएको जनाइएकाे छ।
नेप्सेका अनुसार नयाँ कायम गरिएकाे शेयरमूल्लेय अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा समायोजन गरेको हो। बिहीबार, दोस्रो बजारमा कृषि विकास बैंकको शेयर प्रतिकित्ता ३२८ रुपैयाँ ९० पैसा, बरुणको ३५३ रुपैयाँ ९० पैसा, सर्वोत्तमको ९१३ रुपैयाँ ९० पैसा, ङादीको ३९७ रुपैयाँ ६० पैसा र शाइनको ४२४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
अब नयाँ समायाेजन गरिएकाे शेयरमूल्यकाे आधारमा दोस्रो बजारमा आइतबार पाँचै कम्पनीहरुको शेयर कारोबार हुनेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




