प्रभु बैंकको कामु सिईओमा लम्साल नियुक्त

-



     सफल आवाज    
     मंसिर १५ गते २०८२ मा प्रकाशित



काठमाडौं, १५ मङ्सिर । प्रभु बैंकले निरज लम्साललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएकाे छ।

हिजाे बसेको बैंकको सञ्चालक समितिको बैठकले लम्साललाई उक्त पदमा नियुक्त गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ परेपछि लम्साललाई कायममुकायम कार्यकारी अधिकृतमा नियुक्त गरिएकाे हाे ।