माछापुच्छ्रे एसआइपी योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर १७ गते २०८२ मा प्रकाशित



काठमाडौं, १७ मङ्सिर । माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि निष्काशन गरेकाे एसआइपी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। क्यापिटलले सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशन गरेकाे हाे ।

यसकाे प्रतिइकाई १० रुपैयाँ अंकित दरले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याइएकाे हो। याे योजना खुलामुखी प्रकृतिको योजना हो। जाे एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुन्छ ।

योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। ७० लाख इकाई कोष प्रबर्धक रहेकाे माछापुच्छ्रे बैंकका लागि रहेकाे छ । ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाईका लागि आवेदन दिन सक्ने भएका छन्।

यस योजनाको इकाईमा मंसिर १७ गते आजसम्म आवेदन दिन सकिने छ। याे अविधमा पूरा इकाई बिक्री नभएमा मंसिर २८ गतेसम्म आवेदन दिन सकिने छ।

लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।