आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर २१ गते २०८२ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकि रहेकाे छ। संस्थाले साधारण सभा ताथा लाभांश वितरणकाे प्रयोजनका लागि साेमबार बुकक्लोज गर्ने बताएकाे छ।

शेयरधनीहरुले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु लाभांश पाउन र सभामा सहभागि हुनका लागि याेग्य हुनेछन्।

संस्थाको साधारण सभा पुस ४ गते होटल अरनिको प्रा.लि. काभ्रेपलाञ्चोकमा डाकिएकाे छ। साधारण सभा दिउँसो २ बजे बाेलाइएकाे छ।

सभाले ९.५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गर्ने भएकाे छ।

अन्य लघुवित्तसँग मर्जरमा जाने वा एक्विजिशनकाे काम गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई दिने तथा प्रबन्धपत्र र नियमावली संशोधन र लेखापरीक्षककाे नियुक्ति लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ।