सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     मंसिर २३ गते २०८२ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंककाे शेयरमूल्य नेप्सेमा समायाेजन गरिएकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरेकाे हाे ।

मंगलबार बैंकको ५ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । शेयरमूल्य समायोजनपछि बैंकको शेयरमूल्य ३८६ रुपैयाँ ४८ पैसा कायम गरिएकाे छ।

याे मूल्य अघिल्लो कारोबारअर्थात सोमबार काराेबार भएकाे अन्तिम मूल्यकाे आधारमा समायोजन भएकाे हाे । सोमबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ४०५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो। आज साेहि समायोजन गरिएकाे मूल्यकाे आधारमा दोस्रो बजारमा बैंकको कारोबार हुनेछ ।

बैंककाे एक्काइसौँ वार्षिक साधारण सभा पुस ७ गते, अमृतभोग क्याटर्स, कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे बाेलाइएकाे छ।

सभाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ। साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन र उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनका कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई, लेखापरीक्षककाे नियुक्ती र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिनेछ ।