
काठमाडौं, २४ मङ्सिर। हकप्रद शेयर निष्काशनकाे प्रस्ताव अनुमाेदन गर्न चिरख्वा हाइड्रोपावरले पुस २३ गते साधारण सभा डाकेकाे छ । कम्पनीकाे सातौँ साधारण सभा कुण्डलिनी रोयल्स, जोरपाटी, काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ ।
सभामा शतप्रतिशत, १ बराबर १ काे रेसियाेमा हकप्रद शेयर निष्काशनकाे विशेष प्रस्ताव अनुमाेदन हुनेछ। यसैकाे कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, उपयुक्त आयोजनामा लगानी गर्ने, ऋण भुक्तानी गर्ने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने बताएकाे छ। सभामा भाग लिन शेयरधनीहरुले पुस १२ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




