सुनचाँदीकाे भाउ बढ्याे, चाँदीको भाउ हालसम्मकै उच्च  

-



     सफल आवाज    
     मंसिर २४ गते २०८२ मा प्रकाशित



काठमाडौं, २४ मङ्सिर । साताकाे सुनचाँदीकाे काराेबार हुने चाैथाे दिन बुधबार, नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । चाँदीको भाउ तोलामा १५० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार, सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ तोलामा १५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला तीन हजार ७५० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। यो भाउ हालसम्मकै उच्च हो। मंगलबार चाँदी प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।